केपी ओलीले संसदमा सोधे– चुनावमा क–कसलाई हराउन नपाइने हो ?
मङ्गलबार, २३ जेठ २०७४, १४ : १४
काठमाडौं, जेठ २३– एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा हारजित हुने भएपनि चितवनमा देखिएको समस्या अचम्म लाग्दो भएको बताएका छन् ।
उनले भरतपुरमा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एकाएक माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालको प्रतिनिधिले गएर मतपत्र च्यातेको आरोप लगाए ।
केही मतपत्र च्यातिनै वित्तिकै प्रयायोजित ढंगबाट मतगणना गर्ने ठाउँमा कब्जा भयो भनि मतगणना रोकिएको भन्दै कसैलाई हराउन नमिल्ने हो भने पहिल्यै भनिदिए आफूहरुलाई सजिलो हुने बताए ।
उनले भने, ‘ हारजित नमान्ने हो भने कोको उम्मेदारलाई हराउन नपाउने हो भनेर भनिदिएको भए हामी पनि माइण्ड मेकअप गथ्र्याै ।
मतपत्र च्यातिएको बारे के– के भने ? सरकारकै तर्फबाट मतपत्र च्यात्ने काम भएको छ । प्रहरीले पनि आफ्नो मातहतका निकायलाई रिर्पोट गरेको छैन । मुचुल्कामा कब्जा भनिएको छैन । कब्जा भएकै थिएन । –प्रहरीको सञ्चारमा यथार्थ विवरण दिइएको छ । त्यहाँ पनि कब्जा पनि भनेको छैन । केही सकेन्डमा मतपत्र च्यातेपछि कसरी कब्जामा थियो, बरु को कब्जामा थिए ? –बाहिरबाट आएर कसैले च्यातेको होइन, त्यहीको प्रतिनिधिले च्यातेको हो । मतगणनामा बसेको दुई जना प्रतिनिधिले च्यातेका हुन् । –यी सबै यथार्थ हुँदा पनि प्रमुख निर्वाचन अधिकृतले मतगणना केन्द्र कब्जा भएको र रणभुमीतुल्य भएको कारण मतगणना गर्ने अवस्था नरहेको रिर्पोर्ट आयोगलाई जानकारी गराए । –पछि गीत तिम्सिनाको संयोजकत्वमा तीन सदस्य अनुगमन टोली बन्यो तर प्रमुख निर्वाचन अधिकृतको कुरा रहेन । –१७ गते हेटौडाको उच्च अदालतमा मुद्दा चलायो, मत च्यात्नेहरुमाथि । –प्रमुख निर्वाचन अधिकृतबाट आग्रह पूर्वाग्रह शुरु भएको छ । स्थानीय निर्वाचन ऐन २०७३ को दफा ५० को २ अनुसार प्रतिवेदन आएको छ तर दफा ५१ को उपदफा १ ग अनुसार प्रतिवेदन आउनु पथ्र्यो । –ती च्यातिएका मतपत्र एमालेको थियो भन्ने शंका छैन । एमालेको मत च्यातेको छ भने त्यो हामीलाई स्वीकार थियो । हाम्रो च्यातेको छ भने हामी त्यति घटा सहन तयार थियौं । –मतपत्र च्यातेर फेरि मतदान गर्ने हो भने लोकतन्त्र कहाँ पुग्छ, देशको भविष्य के हुन्छ ? –प्रतिनिधिले गरेको काम मैले नगरेको भन्न पाइदैन, त्यसप्रति जिम्मेवार हुनुपर्छ । –भरतपुरमा मत च्यातिएको सोध्दा शेरबहादुर देउवाले भन्नुभयो मलाई थाह छैन । यत्रो संसद अवरोध छ, यत्रो घटना भएको छ । माछाको मुखमा पानी भएपछि बोल्न सक्दैन । काँग्रेसले धेरै कुरामा बोल्न सकिरहेका छैन । –माओवादी केन्द्रको यसमा के छ दृष्टिकोण सोध्दा कानुन बमोजिम गर्न भनेको छु मैले जवाफ प्रमबाट आयो । –मतपत्र च्यात्नेहरु धरौटीमा छुटे तर खादा ओढाएर स्वागत गरियो । मानौ कुनै ठूलै काम गरेको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण