शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ प्रधानमन्त्री चयन हुने दिन :नेप्सेको पारो चढ्यो

मङ्गलबार, २३ जेठ २०७४, १४ : २४
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौं, जेठ २३–व्यवस्थापिका संसदवाट मुलुकले नयाँ प्रधानमन्त्री चयन गर्ने दिन आज नेपालको पुँजी वजारको पारो पनि उकालो लागेको छ । बजार खेलेदेखि यो समाचार वनाउँदा सम्म बजार दोहोरो अंकको वृद्धिमा अघि वढीरहेको छ । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्री निर्वाचित हुने दिन वजारले पनि उनलाई स्वागत गरेको छ । दिउँसो २ वजेर १५ मिनट जाँदा सम्म वजार २२ दशमलव ५२ अंकले वढेको छ । यो एक दशमलव ४१ प्रतिशतको वृद्धि हो । अहिलेसम्म नेप्से र सेन्सेटिप इन्डेक्स दुवै हरियो भएका छन् । वजारमा उत्पादनमुलक समूह वाहेक सवै सूचक हरियो भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप