कांग्रेस धेरै कुरामा बोल्न छाडेको छ : केपी ओली
काठमाडौं, जेठ २३–भरतपुर प्रकरणमा व्याख्या गर्दै एमाले अध्यक्ष केपी ओलीले मतदान जनताको प्रतिनिधि छान्ने माध्यम भएपनि नेपालमा आफु सरकारमा जाने मुख्य उपायका रुपमा मात्र व्याख्या गरिएको बताएका छन् । जनताको मत प्रकट गरेपछि त्यसको रक्षा गर्ने जिम्मा सरकार र आयोगको भएपनि उल्टै जनमत अस्वीकार गर्ने काम भएको बताए । आवेश, उत्तेजनामा मतपत्र च्यातेर पुन मतदान गरौ भन्नुले लोकतन्त्र र निर्वाचन प्रणाली के हुन्छ भनेर प्रश्न गरे । उनले यस्तै गर्दै जादा भोलि हामी कहाँ पुग्छ ? भने । उनले भने ‘वारेस दिएका भरमा थुप्रै कुरा हुन्छन् । सवै देश उठेर जादैन । जनताका प्रतिनिधिले गरेको काम देशले गरेको ठहरन्छ । प्रतिनिध्त्किो अर्थ के उत्तरदायी के ?उम्मेदवारी खारेज गर्ने सम्मको सजाय हुनसक्छ । तर याहा त भएन । शेरबहादुर जीले जवाफ दिनुहोला । तपाइको पार्टीको जवाफ केहो ? ’ उनले कांग्रेस धेरै कुरमा बोल्न छाडेको भन्दै मतपत्र च्यातेको विषयमा नवोलेकोमा असन्तुष्टि जनाए । लोकतन्त्र विपरित भयो भनेर बोल्नुपर्ने कांग्रेस नवोलेको ओलीको भनाई थियो । भरतपुर प्रकरणमा आफुले माओवादी केन्द्रको दृष्टिकोण के छ भनेर सोध्दा कानुन बमोजिम गर्नु भनेको छु भनेर प्रचण्डले भन्नुभो भने । तर अपराध गर्नेलाई खादा लगाएर स्वागत गरियो । कारवाही गर्ने ठाउमा पुरस्किृत गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण