यी पाँच देशसँग छैन आफ्नो आर्मी, लिन्छन् अरुसँग उधारो
एजेन्सी
जेठ २३ – कुनै देशको शक्तिको अन्दाज त्यसको सैन्य ताकतबाट लगाउन सकिन्छ । जुन देशको सेना जति ठूलो हुन्छ त्यसलाई संसारको त्यति नै शक्तिशाली देश भनिने गरिन्छ । तर यस्ता देश पनि छन् जसको आफ्नो सेना छैन । आज हामी यस्तै पाँचवटा देशबारे जानकारी दिदैछौं ।
कोस्टा रिकाः
यो देशसँग आफ्नो कुनै सेना छैन । सन् १९४८ मा भएको एक गृहयुद्ध पछि यो देशले आफ्नो सेनालाई देशबाट बाहिर निकाल्नु पर्यो । तर सेना नभएपनि उक्त देश निकै शान्त छ । यद्यपी, त्यहाँको पुलिसले सबैकुरा सम्हाल्ने गर्दछ ।
अन्डोराः
यो देशको स्थापना सन् १२७८ मा भएको थियो । यो देशसँग पनि आफ्नो सेना छैन । यद्यपी, आवश्यक पर्दा यो देशले स्पेन र फ्रान्सबाट मद्दत लिन सक्छ । यो देशको सुरक्षा स्पेन र फ्रान्सको हातमा छ ।
समोआः
यो देशले सन् १९६२ मा स्वतन्त्रता पाएको थियो । योभन्दा पहिले देश न्यूजिल्याण्डको नियन्त्रणमा थियो । स्वतन्त्रता पाएपछि यो देशले आफ्नो कुनै सेना तयार गरेको छैन । वास्तवमा, यो देशले सेना नराख्ने शर्तको आधारमा नै न्यूजिल्याण्डबाट स्वतन्त्रता पाएको थियो । सम्झौता अनुरुप चाहिएको खण्डमा यो देशले न्यूजिल्याण्डबाट सहयोग माग्न सक्छ ।
भ्याटिकनः
यो संसारको सबैभन्दा सानो देश हो । साथै, सबैभन्दा कम जनसंख्या भएको देश । यो देश ०.४४ वर्ग किलोमिटरमा फैलिएको छ । यो देशको जनसंख्या ८ सय ४० मात्र छ । भ्याटिकन त्यो देश हो जुन क्याथोलिक चर्चको मुख्यालय हो जहाँ प्रमुख पोप र अन्य अधिकारी हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण