मधेसबारे संसदमा के–के भने केपी ओलीले ?
मङ्गलबार, २३ जेठ २०७४, १५ : ०१
काठमाडौं, जेठ २३– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मधेस विरोधी नभएको स्पष्ट पारेका छन् ।
व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै ओलीले भने–
–एमालेलाई मधेश विरोधी भनिएको छ । एकतर्फी ढंगले हल्ला फैलाइएको छ । यसले दीर्घकालिन फाइदा गर्दैन
–एमाले राष्ट्रिय पार्टी हो, जातीय, क्षेत्रीय, भाषीय पार्टी होइन । यो हिमाल, पहाड र तराईको साझा पार्टी हो ।
–एमाले मधेश विरोधी पार्टी हो भनि वहियात पार्टी हो भनि कसरी भन्न सकिन्छ ?
–२००८ सालमा तराई काँग्रेस बन्यो । बेदानन्द झाले नेतृत्व गर्नुभयो । काँग्रेसमा असमानता र विभेद र रंगभेद भयो भनि तराई काँग्रेस खोल्नु भएको थियो ।
–२०१५ सालमा रघुनाथ ठाकुर मधेशी क्रान्ति खोल्नु भयो । काँग्रेसमाथि त्यही आरोप थियो ।
–२०४६ मा गजेन्द्रनारायण सिहले त्यही आरोप लगाएर काँग्रेस छाड्नु भयो ।
–महन्थ ठाकुर काँग्रेस छाडेर जानु भएको छ । मधेश तराई फोरम बनाउनु भएको छ ।
–जयप्रकाश गुप्ता पनि काँग्रेस छाडेर जानु भएको छ ।
–एमालेका पनि कसैकसैले छाड्नु भएको छ ।
–२०६४ भदौ १३ गते रामचन्द्र पौडेलले २२ बुँदे सम्झौता उपेन्द्र यादवसँग गर्नुभएको थियो । २०६४ फागुन १६ गते स्वं गिरीजा प्रसाद कोइरालाले मोर्चाका उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसँग ८ बुँदे सम्झौता गर्नुभयो ।
एमालेले को सँग कहाँ सम्झौता गरेको छ, जोसँग एमालेले सम्झौता गरेन भने मधेश विरोध कसरी भन्ने ?
सरकारले विभिन्न ५१४ वटा मानपदवी बाँड्यो त्यसमध्ये ५४ वटा मात्र मधेशीको भागमा परेको छ । आधाभन्दा बढी जनसँख्या भएकोलाई यति थोरै मात्र किन ? अनि एमालेलाई मधेशी विरोधी भन्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण