शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवालाई नेप्सेले देखायो हरियो झण्डा

मङ्गलबार, २३ जेठ २०७४, १५ : २९
मङ्गलबार, २३ जेठ २०७४

काठमाडौं, जेठ २३–नेपालको पुँजी बजारले चौथो पटक प्रधानमन्त्री बन्न लागेका काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारलाई हरियो झण्डा देखाएको छ । अघिल्लो दिननै नयाँ सरकार वन्ने भएपछि उत्साहित वनेका लगानीकर्ता आज भने थप उत्साहित भएको देखिएको छ । काँग्रेसको नेतृत्वमा वन्न लागेको सरकारवाट मुलुकमा लगानी र आर्थिक क्षेत्रमा थप सुधार हुने अपेक्षा अनुसार आज वजारमा निक्कै उत्साह देखिएको छ । आज बजार ३४ दशमलव ७२ अंकको उच्च वृद्धिदर लिएको छ । अघिल्लो दिन ८ दशमलव ८४ अंकले उक्लिएको बजार आज भने २ दशमलव १७ प्रतिशतले वढेको हो । यो वृद्धिपछि वजार एक हजार ६ सय ३७ दशमलव ३७ अंकमा पुगेर रोकिएको छ । एक सय ४८ कम्पनीको १४ लाख ९६ हजार ८ सय ९३ कित्ता सेयर खरिद विक्रि भएको आज ९१ करोड १६ लाख ८२ हजार १६ रुपैयाँको कारोवार भएको छ । आज सेन्सेटिप इन्डेक्स पनि हरियो भएको छ । बैकिङ समूहको सूचक ३५ दशमलव ८२ अंकले वढेको आज होटल समूहको सूचक ६२ दशमलव ४५ अंकले वढेको नेप्सेले जनाएको छ । विकास बैंकको सूचक ३५ दशमलव ३८ अंकले वढेको आज जलविद्युत समूहको सूचक ३५ दशमलव ६८ अंकले वढेको छ । फाइनान्स समूहको सूचक ७ दशमलव ३१, बीमा समूहको सूचक १७२ दशमलव ५७ अंकले वढेको छ भने अन्य समूहको सूचक १५ दशमलव ६२ अंकले वढेको छ । आज उत्पादनमुलक समूहको सूचक १४ दशमलव ०६ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप