शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संसदमा प्रचण्डको सम्बोधनः शेरबहादुरजीले दवाव दिएर मैले राजीनामा दिएको हैन

मङ्गलबार, २३ जेठ २०७४, १५ : ३५
मङ्गलबार, २३ जेठ २०७४

काठमाडौ जेठ २३–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सविधानको स्वीकार्यकता बढाउने, भुकम्प पीडितलाई राहत दिने, पहिलो चरणको स्थानीय तहको चुनाव महत्वपूर्ण लगायतको सवालमा सफल भएको दाबी गरेका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले दवाव दिएर पदबाट राजीनामा नदिएको भन्दै बरु विगतको सहमति कार्यान्वयन गर्नको लागि स्वःइच्छाले राजीनामा दिएको बताए ।

उनले विभिन्न पक्षबाट निर्वाचन हुन नदिने प्रयासहरु भएको भन्दै त्यसलाई चिर्दै चुनाव गराउँदा विगतको समझदारी कार्यान्वयन गर्न ढिलाई हुने हुँदा इमान्दार भएर समयमै राजीनामा दिएको बताए । उनले देउवा नेतृत्वको सरकारले बाँकी कार्यभार पूरा गर्ने र त्यसमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रम प्रचण्डले के–के भनेः

–मलाई संसदबाटै राजिनामा दिन मन थियो त्यो सम्भव नभएपछि जनतामा गएर राजिनामा दिएँ । –मेरो नेतृत्वको सरकारले छिमेकी मुलुकसँग सन्तुलित व्यवहारको सुरुवात गरे । –संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा सवैभन्दा बढि चिन्तित माओवादी थियो । त्यसैअनुसार अगाडी बढ्यौ । –संविधान बनाउनकै लागि प्रतिपक्ष छाडेर राजनैतिक एकता र सहमतिको बातावरण बनाइयो, त्यहि कारण राजनीतिक शक्तिलाई एक ठाउमा आउन सहयोग गर्यो । –राष्ट्रिय एकताको महशुस गरेर नै संविधान जारी गर्न सकेका हौ । त्यो वेला केपी ओली र म दुवैले संबिधान गतिशिल दसतावेज भनेर भनेका थियौ । –संविधानको स्वीकार्यता बढाउन मैले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्दै निर्वाचन गर्न सकिएला कि नसकिएला भनेर मेरो कार्यकालमा थियो । त्यसिह भएर सरकार गठनभएदेखि नै असन्तुष्ट पक्षलाई मनाउन आफ्नो भुमिका निभाउने प्रयास गरे र अहिले पनि जारी छ । –दोस्रो पटक ल्याइएको संसोधन विधेयक सवैले स्वीकार्न सक्ने गरी ल्याइएको छ । खुला दिलले छलफल गर्न अपिल गर्छु । –केपी ओलीले चुनावपछि संसोधनमा छलफल गर्न सकिन्छ भन्ने कुरा सकारात्मक हो तर त्यसका लागि चुनाव अघि न्युनतम सहमति गरौ । – मेरो गोरुको १२ टक्का कसैले नभनौ अनिमात्र राष्ट्रको नेतृत्व गर्न सकिन्छ । – धेरै अप्ठ्याराहरुसँग जुधेर स्थानीय तहको निार्वचन गरिछाड्ने प्रतिज्ञा गरेर सरकारले तयारी अगाडी बढायो । त्यसका लागि स्थानीय तहको पुनसंरचना पनि गरियो । –कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार नै मैले निर्वाचनको बीचमा राजिनामा दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप