शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दाङमा माओवादीको घरदैलो

मङ्गलबार, २३ जेठ २०७४, १५ : ५३
मङ्गलबार, २३ जेठ २०७४
  दाङ, जेठ २३ । नेकपा माओवादी केन्द्रले दाङको बंगलाचुली गाउँपालिकामा चुनाव प्रचारप्रचार तीब्र बनाएको छ । एक महिनाअघि नै उम्मेदवार टुंग्याएर गाउँ छिरेको माओवादीले दुई चरणका प्रचार कार्यक्रम सकेर घरदैलो गरिरहेको जनाएको छ । यो गाउँपाकिलामा माओवादी केन्द्रले बंगलाचुली गाउँपालिकाको अध्यक्षमा भक्तबहादुर ओली र यमुना घर्तीलाई अघि सारेको छ । त्यस्तै वडा अध्यक्षहरुमा वडा नम्बर १ मा सन्तराम भण्डारी, २ मा मेघराज राना मगर, ३ मा शोभाराज विक, ४ मा नारायण डाँगी, ५ मा यनुराज खत्री, ६ मा लीलबहादुर खत्री, ७ मा गिरवहादुर थापा र गिरिराज बाँठा रहेका छन् । मतदाताका गुनासो र सुझाव संकलन गर्दै चुनाव प्रचार अघि बढाएको माओवादी केन्द्रका दाङका संयोजक एवं चुनाव परिचालन समिति बंगलाचुलीका संयोजक सुवास पुनले जानकारी दिए । उनले गाउँपालिकालाई आम जनसमुदायको सेवक संस्थाको रुपमा स्थापित मुख्य प्रतिबद्धतासहित चुनाव प्रचार तीब्र बनाएको जानकारी दिनुभयो । सरकारी सेवासुविधाबाट सधैं ठगिने गरेका पहाडी गाउँहरुमा सरकारी सेवा प्रवाहमा छिटो छरितो सुलभ र भ्रष्टाचारमुक्त बनाउने लक्ष्यलाई मूलरुपमा अघि सारिएको पनि उनले बताए । त्यस्तै वडा कार्यालयलाई सेवाकेन्द्रको रुपमा विकास गरी जनताका दैनिक समस्याहरु समाधान गर्ने, अनिवार्य विषय बाहेक गाउँपालिका धाउन नपर्ने व्यवस्था गर्ने, गरिब र विपन्न वर्ग लक्षित कार्यक्रमहरु ल्याइनेछ साथै भूमिहीन सुकुम्बासीहरुलाई कानुन बनाई स्थायी जग्गाधनी प्रमाणपत्र वितरण गर्ने, कृषि प्राविधिज्ञहरुको व्यवस्था गरी ठाउँ अनुकूल खेती बाली, नगदे बाली, फलफूल, पशुपालनको लागि अध्ययन गरी लागु लगायतका एजेण्डा प्रमुखताका साथ अघि सारिएको अध्यक्ष पदका उम्मेदवार भक्तबहादुर ओलीले जानकारी दिए । माओवादी केन्द्रले यो गाउँपालिकामा ‘जहाँ विकास पुगेको छैन, त्यहाँ विकास’ भन्ने नारा अघि सारेको छ । सडक, बिद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबर्धनलगायतका एजेण्डा अघि सारिएको उनले बताए । अध्यक्ष पदका उम्मेदवार ओलीले आफू यसअघि पनि जनप्रतिनिधि भइसकेकाले मतदातालाई माग मनन गरिरहेको र लागु गर्ने सामथ्र्य पनि आफूहरुसँग रहेको दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप