शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माइक्रोबसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, पाँच घाइते

मङ्गलबार, २३ जेठ २०७४, १५ : ५८
मङ्गलबार, २३ जेठ २०७४
मलेखु (धादिङ), जेठ २३ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि काठमाडौँ लैजाने क्रममा सनाखत हुन नसेका व्यक्तिको बाटोमै मृत्यु भएको थियो । भैरहवाबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु १ ज २६७४ नं. को माइक्रोबसले सडक पेटीमा हिडेका पैदलयात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरीले जनाएको छ । पैदलयात्रुलाई ठक्कर दिएपछि माइक्रोबस सडकमा पल्टिएको थियो । घटनापछि स्थानीयले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरी ठक्कर दिने माइक्रोबसमा आगजनी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप