शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अभ्यासको क्रममा एकाएक खस्दा ३० वर्षे अन्तर्राष्ट्रिय फुटबल खेलाडीको मृत्यु

मङ्गलबार, २३ जेठ २०७४, १६ : १४
मङ्गलबार, २३ जेठ २०७४

एजेन्सी

जेठ २३ – आइभोरी कोस्टका फुटबलर चीक टिओटेको सोमबार अभ्यास गर्ने क्रममा एकाएक खसेपछि मृत्यु भएको छ । यी ३० वर्षे फुटबल खेलाडीको अकस्मातको मृत्युले फुटबल जगतमा शोक निम्त्याएको छ । दुर्घटना हुँदा टिओटे, दोस्रो श्रेणीको चीनियाँ समूह बेइजिङ इन्टरप्राइजेज क्लबसँग तालिम सत्रमा भाग लिइरहेका थिए ।

तालिम मैदानमा खसेपछि उनलाई तुरुन्त अस्पताल पुर्याइयो तर उनको मृत्यु भयो । टिओटेका एजेन्ट एमानुएल पेलाडिनो र बेइजिङ इन्टरप्राइजेज क्लबले उनको मृत्युको आधिकारिक पुष्टि गरेको छ । उनको मृत्यु हृदयघातका कारण भएको अनुमान गरिएको छ ।

इपीएल क्लब न्यूक्यासल युनाइटेडसँग सात वर्ष बिताएपछि टिओटे यसवर्ष फेब्रुअरीमा चीनियाँ क्लबसँग आबद्ध भएका थिए । टिओटेले आफ्नो करियरको सुरुवात आइवरी कोस्टको स्थानीय क्लब बीबोसँग गरेका थिए । सन् २०१० मा टिओटेले न्यूक्यासल यूनाइटेडसँग सम्झौता गरे र यसका लागि १ सय ५० खेल खेले । आफ्नो राष्ट्रिय समूहका लागि टिओटेले ५२ खेलमा भाग लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप