केहिबेरमै संसदबाट नयाँ प्रधानमन्त्री चयन हुँदै
मङ्गलबार, २३ जेठ २०७४, १६ : ४४
काठमाडौं, जेठ २३– व्यवस्थापिका संसदको अर्को बैठक बसिरहेकाे छ । मंगलबार बसेको संसदको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधनका साथै प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिइएसँगै सभामुख ओनसरी घर्तीले बैठक १५ मिनेटको लागि स्थगित गरेकी थिइन् । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार रहेका छन् भने उनलाई माओवादी केन्द्र, राप्रपा, राजपा, फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरमसहित अरु साना दलको समर्थन रहेकाले प्रधानमन्त्रीमा निर्वाचित हुने निश्चित रहेको छ । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा कांग्रेस नेता रामचन्द्र पौडेललगायतका ५ पार्टीका नेताहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण