शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बाबुराममाथि प्रचण्डको सनसनीपूर्ण खुलासा : दोस्रो संविधानसभामा मत पत्र जलाउन खोजेको आरोप

मङ्गलबार, २३ जेठ २०७४, १६ : ४८
मङ्गलबार, २३ जेठ २०७४

जेठ २३, काठमाडौं -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई माथि गंभीर आरोप लगाएका छन् । आज संसद वैठकमा बोल्दै प्रचण्डले बाबुरामको नामै नलिई दोस्रो संविधानसभाको चुनावी परिणाम भाड्न बाबुरामले उस्काएको आरोप लगाएका हुन् । केही दिन अगाडि डा.बाबुराम भट्टराईले प्रचण्डले लुकाएको हतियार बेच्न खोजेको आरोप लगाएका थिए । आज प्रचण्डले बाबुराममाथि मतपत्र जलाउने योजना बनाएको आरोप लगाएका हुन् । संसदमा एमाले अध्यक्ष केपी ओलीले भरतपुरमा भएको मतपत्र च्यात्ने घटनाले माओवादीको लोकतान्त्रिक कारणमाथि प्रश्न उठाएपछि त्यसको जवाफ दिनेक्रममा प्रचण्डले बाबुरामले दोस्रो संविधानसभाको मतगणनाका बेला चालेको कदमको प्रसंग कोट्टाएका हुन् ।

बाबुरामको नामै नलिई प्रचण्डले भनेका छन् :

संविधानसभा दोस्रोको कुरा हो । संविधानसभा दोस्रोमा तत्कालीन एकीकृत माओवादी अनपेक्षित रुपमा पराजित भएको चुनावी परिणाम आउँदै गयो । हामीले अपेक्षा गरे भन्दा फरक चुनावी परिणाम आउन थालेपछि तत्कालीन माओवादीका बरिष्ठ नेताहरु नेता, जो अहिले हाम्रो पार्टीमा हुनुहुन्न, उहाँहरुले आवेगमा पार्टीका अरु केही नेताहरुलाई यस्तो चुनाव हामीले स्वीकार गर्नु हुँदैन । के हेरेर बसेको ? मत पत्र जलाउँ, मत पत्र च्यात । बाहिर निस्क भनेर उहाँले निर्देशित गर्नु भएछ । राती दुई बजे मैले पार्टी अध्यक्षको हैसियतमा उहाँलाई आफ्नो निवासमा बोलाएर यो बिल्कुल गलत कुरा हुन्छ, हामी शान्ति प्रक्रियामा आएका छौँ । हामी एउटा ऐतिहासिक रुपान्तरणको प्रक्रियामा छौँ । अहिले हामीले मत पेटिका जलाउने, मत पत्र च्यातेर देशभर निस्क भन्नुको अर्थ हाम्रो शान्ति प्रक्रियाप्रतिको निष्ठा, हाम्रो लोकतन्त्र र रुपान्तरणप्रतिको निष्ठामा नेपाली जनताले मात्र होइन पुरै विश्वले गंभीर प्रश्न उठाउँछ, यो दुर्भाग्यपूर्ण हुन्छ । यो हुनै सक्दैन । ठूलो बहस गरेर तीन बजे राती अव मत पत्र च्यात्नेतिर लाग्ने होइन । जलाउने तिर जाने होइन । नत्र देशैभरी जल्न सक्ने खतरा थियो, त्यतिबेला मैले आफैले हस्तक्षेप गरेर हामीलाई सन्तुष्टि छैन भने मतदान केन्द्र छाडेर बाहिर निस्कन मिल्छ, विरोधका रुपमा । जलाउने र च्यात्ने काम गर्नु हुँदैन भनेर गरेको ऐतिहासिक पहललाई म यो सदनमा भन्न बाधय भए । यहीँ नेतृत्व हो यो रुपान्तरणलाई लोकतान्त्रिककारण प्रक्रिया निष्ठाका साथ, इमान्दारीताका साथ सैद्धान्तिक प्रतिबद्धताका साथ लागु गर्न खोज्दा प्रश्न उठ्छ । नेतृत्वले आट नगरेको कसैले भन्न सक्छ, सेना समयोजान हुन्थ्यो । हतियार व्यावस्थापन हुन्थ्यो । भरतपुरको एउटा घटनालाई लिएर प्रश्न उठाउने । कति प्रमाण चाहियो विपक्षीलाई । आफ्नै इहितास हेर्नुभयो भने तपाईहरुलाई लोकतान्त्रिक करण हुन कति बर्ष लाग्यो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप