शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हिमाली क्षेत्रमा विशेष परियोजना संचालन गरिने

मङ्गलबार, २३ जेठ २०७४, १६ : ५०
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौं, जेठ २३– गरिवी निवारण कोषले हिमाली क्षेत्रमा विशेष परियोजना संचालन गर्ने भएको छ । गरिवी निवारण कोषका उपाध्यक्ष डा. यमबहादुर थापाले हिमाली क्षेत्रको गरिवी निवारणको लागि विशेष परियोजना संचालन गर्ने योजना बनाइएको स्पष्ट पारे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले हिमाली क्षेत्रको गरिवी निवारण विशेष परियोजनामा चीन सरकार र एशियन पूर्वाधार विकास बैंकले आर्थिक सहायता उपलब्ध गराउने पनि जानकारी दिए । चीन सरकार र एशीयन पूर्वाधार विकास बैंकले हिमाली क्षेत्रका १५ जिल्लामा गरिवी निवारणका लागि क्षमता विकास, प्रविधि हस्तान्तरण, पूर्वाधार विकास, वातावरण संरक्षण तथा जलवायु अनुकुलन जस्ता विषयमा लगानी गर्ने सहमति भएको छ । गरिवी निवारण कोषले गरिवी निवारणका लागि भूकम्प प्रभावितहरुलाई सहयोग गरिएको, हस्तकलाको काममा आर्थिक सहायता उपलब्ध गराइएको, पकेट क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइएको, गरिवी निवारणका लागि सरकार र गैरसरकारी संस्थाहरुसँग सहकार्यमा जोड दिइएको पनि स्पष्ट पारेको छ । कोषले गरिवी निवारणका लागि समुदायमा आधारित विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप