कलंकी मालपोतको मोठबाट सक्कली श्रेस्ता मेट्ने खरिदार जेल चलान
काठमाडौं, जेठ २३– मालपोत कार्यालय कलंकी काठमाडौंको मोठ फाँटमा कार्यरत तत्कालिन खरिदार भीम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारी छाप दस्तखत किर्ते मुद्धामा अदालतबाट सजाय तोकिएपछि फरार भएका राईलाई फैसला कार्यान्वयनका लागि सोमबार बेलुका न्युरोडबाट नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
२०६५ सालमा मालपोत कार्यालय कलंकीमा कार्यरत रहँदा राईले आर्थिक प्रलोभनमा काठमाडौं महानगरपालिका वडा नं ९ (क) स्थित कित्ता नं ८१२ को २ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा को सक्लकी श्रेस्ता मेटाई नक्कली श्रेस्ता खडा गरेका थिए ।
यसरी नक्कली श्रेस्ता खडा गरेर एउटालाई फाईदार अर्कोलाई बेफाईदा हुनेगरी सरकारी कागज, छाप तथा दस्तखत किर्ते गरेर आर्थिक फाईदा लिएको भन्दै काठमाडौं जिल्ला अदालतले उनलाई कैद तथा जरिवाना हुने फैसाला गरेको थियो ।
२०६८ माघमा जिल्ला अदालतले काठमाडौंको बागेश्वरी–१ बस्दै आएका राईलाई दुई बर्ष कैद र ३७ लाख पचास हजार जरिवाना हुने फैसाल गरेपछी उनी फरार भएका थिए ।
अदालतको फैसला कार्यान्वयनका लागी उनलाई नियन्त्रणमा लिईएको र मंगलबार जिल्ला अदालत काठमाडौंका उपस्थित गराएर फैसला कार्यान्वयनका लागी राईलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको सिआईबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण