शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गुुणस्तरहिन भारतीय माछा रौतहटका बजारमा छयाप्छयाप्ती

मङ्गलबार, २३ जेठ २०७४, १७ : २०
मङ्गलबार, २३ जेठ २०७४
रौतहट जेठ २३– रौतहटका बजारमा भारतबाट ल्याएका सडेगलेका र कुुहिएका माछा खुुलेआम बिक्रिबितरण भईरहेको पाईएको छ । जिल्ला सदरमुुकाम गौरदेखि गरुडा,चन्द्रपुर,कटहरिया लगायत प्राय जिल्लाका सबैजसो बजारहरुमा टेंग्रा,बचवा, लगायतका बिभिन्न जातका माछा बिक्री बितरण हुने गरेको पाइएको हो । तर, गुुणस्तरहिन माछा विक्रि वितरणमा रोक लगाउन सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीयले बताएका छन् । बजारमा बिक्री भईरहेका भारतीय माछा स्वास्थ्यको लागि हानिकारक रहेको चिकित्सकहरुले बताएका छन् । जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर नवल किशोर झाका अनुुसार खुुला गर्मी घाममा राखिएको माछा खानाले डायरिया,फुुड प्वाजनिंगहुुनुुका साथै ब्याक्टेरियाको प्रभावले बिभिन्न रोगको प्रकोप हुुने बताएका छन् । यसरी गुणस्तरहिन माछा भित्रिदा समेत प्रहरी प्रशासनले वेवास्ता गरेको स्थानिय समाजशेवी सम्भुु साह तेलीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप