शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि देउवाले भने, ‘प्रचण्ड म्यान अफ कमिटमेन्ट’

मङ्गलबार, २३ जेठ २०७४, १८ : १०
मङ्गलबार, २३ जेठ २०७४

काठमाडौं, जेठ २३ – प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि प्रधानमन्त्रीको सुचना सदनमा प्रस्तुत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इमान्दारिताबाट प्रभावित हुँदै ‘म्यान अफ कमिटमेन्ट’ सम्मान बढेको बताए ।

देउवाले १२ बुँदे सहमती हुँदा आफू जेलमा रहेको स्मरण गर्दै गिरिजाबाबु र प्रचण्डले शान्ति प्रक्रिया शूरु गरेको बताए । प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेको कारण देशमा शान्ति कायम भएको बताए ।

सभापति देउवाले मधेसको पक्षमा प्रतिपक्षी दलले चिन्ता ब्यक्त गरेको बताँउदै संविधान संसोधनमा सहयोग गर्ने विश्वास गरेको बताँउदै कुरा मात्र नगरुन भन्ने अपेक्षा लिएको बताए ।

एनले मधेसमा स्थानीय तह बढाएको प्रति अदालतले रोकेकोमा चुनावपछि मात्र त्यसबारे अघि बढ्ने उनको भनाई थियो ।

देउवाले भने–तराई, पहाडमा निर्वाचनको वाताबरण बनाउँदै गरेको छौं, संविधान संसोधन प्रस्ताव पास गराउने विश्वास दिलाउन चाहन्छु । संविधानको सर्वस्वीकार्यता आवश्यकता हो, जनताको भावना अनुसार संसोधन प्रस्ताव राखेका छौं, पास गराएरै छोड्छौं ।

असार १४ गतेको स्थानीय तहको चुनाव सकिएपछि जनताका पीरमर्का समाधान हुने र जनता काठमाडौं आउनुपर्ने अवस्था नरहने उल्लेख गरे ।

देउवाले भने– –आर्थिक सुधारको पक्षमा हाम्रो पार्टी रहेको छ । मुलुकमा आर्थिक विकास आवश्यक छ, त्यसका लागि राजनीतिक समाझदारी हुन आवश्यक छ । बैदेशिक तथा स्वदेशी पूँजीबाट नेपालका उद्योगमा लगानीको वातावरण निमार्ण गर्न आवश्यक छ । आयस्तर बढेको छ, जिडिपी बढेको छ । संविधान बनेपछि उद्योगमा लगानी गर्ने उत्साह बढेको छ ।

–बिदेशी लगानी आकर्षण गर्ने र नेपाली उद्योगीलाई प्रोत्साहन गर्न आवश्यक छ । ठूला आयोजना, रणनीतिक आयोजना, नेपालको दुरगामी विकासका योजना अगाडि बढाउन लागिपर्छौ । सबैको सहयोगको अपेक्षा गरेका छौँ । केरुङ काठमाडौँ सडक अघि बढाउँछौ । वन बेल्ट वन रोड परियोजनालाई अगाडि बढाउँछौँ ।

भूकम्पपीडित जनतालाई एउटा अठोट गरेर सबैलाई पहिलेकै अवस्थामा ल्याउनुपर्छ ।

–कसले के ग¥यो भनेर आलोचना गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । कतिपय कुरामा हामी एक ठाँउमा छौ, महत्वपूर्ण विषयलाई राष्ट्रिय नीति बनाएर अघि बढ्नुपर्छ ।

–देशमा आदिवासी जनजाती महिला मधेसीको उत्थानका लागि एउटा नीति नै बनाएर अघि बढ्न आवश्यक रहेको ।

परराष्ट्र नीति : 

–नेपाल दुई देशकोबीचमा छ । नेपालको बिदेश नीति नेपालको राष्ट्रिय स्वार्थमा केन्द्रीत गर्नुपर्छ । नेपालको स्वार्थलाई हीत हुने खालको परराष्ट्र नीति हुनुपर्छ । भारत र चीनसँग राष्ट्रहीतलाई ध्यानमा राख्दै सुमधुरसम्बन्ध राख्नुपर्छ । दुईटे देशलाई के आश्वस्त पार्नुपर्छ भने भारत र चीनविरुद्ध नेपालमा भूमि कसैलाई प्रयोग हुन दिनेछैनौं ।

–दुई निर्वाचनलाई कुनै हालतमा सम्पन्न गर्नुपर्छ । मधेसी पार्टीको भावना अनुसार संविधान संसोधन गर्नुपछ, पास हुनेमा विश्वासमा छु ।

–आर्थिक विकासमा नेपालाई अघि बढाउनेछु । पूर्वाधार बिना देश चल्दैन । बाटो, बिद्युत, सिंचाई जस्ता विकासका पूर्वाधारलाई अगाडि बढाउनेछु । पूर्वाधार पूर्ण विकास नभई आपसेआफ देश विकास हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप