शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डले भने– एमाले र काँग्रेस नेताहरुलाई प्रधानमन्त्री बनाउने अवसर पाएँ

मङ्गलबार, २३ जेठ २०७४, १७ : ४२
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौं, जेठ २३– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र काँग्रेस नेताहरुलाई प्रधानमन्त्री बनाउने अवसर पाएको भन्दै खुशी ब्यक्त गरेका छन् । ‘माधव नेपालजीलाई संसदमा ल्याउन मैले नै लेखेरे दिएँ, झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाउने अवसार पाएँ,’ प्रचण्डले भने, ‘केपी ओलीजीलाई पनि प्रधानमन्त्री बनाउने अवसर मैले नै पाएको थिएँ, पहिलो पटक काँग्रेस नेतालाई पनि प्रधानमन्त्रीको प्रस्ताव गर्ने अवसर पाएको छु ।’ उनले एमाले काँग्रेस नेताहरुलाई प्रधानमन्त्रीको प्रस्ताव सधैं सधैं गर्न पाउँ भन्दै ब्यङगात्मक टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप