शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

त्रिवेणी गाउँपालिकाको चुनावी मैदानमा लोक गायिका राधिका

मङ्गलबार, २३ जेठ २०७४, १७ : ४२
मङ्गलबार, २३ जेठ २०७४

काठमाडौं, जेठ २३ – स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा चर्चित लोक गायिका राधिका हमाल पनि उमेदवार बनेकी छन् । नेपाली कांग्रेसको तर्फबाट उनी रोल्पाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदको उमेदवार बनेकी हुन् । कांग्रेसले गाउँपालिका अध्यक्षमा भने कमल बुढालाई उठाएको छ । ०५५ बाट नेपाली कांग्रेसको सदस्यता लिएकी हमाल पछिल्लो समय कांग्रेसको राजनीति खुलेरै लागेकी छन् । नेपाली काग्रेसको सुभेक्षु संस्था सांस्कृतिक संघको केन्द्रिय सदस्य, नेपाल सांस्कृतिक कलाकर्मी संघको बरिस्ठ उपाध्यक्ष हुँदै प्रत्यक्ष कांग्रेस राजनीतिमा होमिएकी हमाल जनतालाई आफ्नो पक्षमा मतदान गर्न प्रचार प्रचार गरिरहेकी छन् । ‘पार्टीको अध्यक्ष नै बनाउने इच्छा थियो’ उनले भनिन् ‘कलाकारीता चटक्क छाड्न मन नलागेर अध्यक्षमा आँट गरिन ।’ गायनलाई निरन्तरता दिन सकियोस् भनेर उपाध्यक्ष रोजेको उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप