शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विकासका लागि युवा तथ्याङ्क कार्यशाला

मङ्गलबार, २३ जेठ २०७४, १७ : ४५
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौँ, जेठ २३– राष्ट्रिय युवा परिषद् र विकास उद्धमीको संयुक्त आयोजनामा ‘विकासका लागि युवा तथ्याङ्क’ नामक एकदिने कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । युवा तथ्याङ्क व्यवस्थापन कसरी प्रभावकारी ढङ्गबाट गर्न सकिन्छ रनेपालमा युवा जनगणनाको अवधारणागत स्वरूप कस्तो हुनुपर्छ भन्ने विषयमा प्रस्तुतिकरण सहितको कार्यशाला भएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, उद्योग, कृषि विकास, श्रम तथा रोजगार, सँस्कृति तथा पर्यटन, शान्ति तथा पुनर्निर्माण जस्ता विभिन्न २३ वटा सरकारी मन्त्रलयका अधिकृतका साथै सीटीइभीटी सहित युवाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप