शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवा प्रधानमन्त्रीमा निर्वाचित नहुँदै एमालेको हमला

मङ्गलबार, २३ जेठ २०७४, १७ : ४९
मङ्गलबार, २३ जेठ २०७४

प्रेम सुनार

गुल्मी,जेठ २३ – नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित नहुँदै उनको कार्यकाल सधै काण्डै काण्डको कार्यकाल बनेको भन्दै अवको कार्यकाल पनि थप जनघाति कार्यकाल सुरु हुन लागेको आरोप लगाएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै नेता ज्ञवालीले कांग्रेस सभापति देउवा माथि यस्तो आरोप लगाएका हुन् ।

नेता ज्ञवालीले देउवा प्रधानमन्त्री हुँदा कहिले भ्रष्टचारका काण्ड घटे त कहिले राजालाई जनताको अधिकार बुझाए भन्दै अहिले पनि नेपाली कांग्रेसको सिद्धान्तलाई स्वाहा पार्दै सत्तामा गएको आक्षेप लगाए । उनले सत्ताका लागि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले पार्टीको सिद्धान्तलाई तिलान्जली दिएको भन्दै कांग्रेस र माओवादी कार्यकर्तालाई खवरदारी गर्न सुझाव समेत दिए ।

फरक प्रशंगमा ज्ञवालीले नैतिक रुपमा एमालेले भरतपुर महानगरपालिकामा जितेको उद्घोष समेत गरे । उनले चुनाव गर्ने उदेश्य नभएर नै सरकारले चुनावका मिति सारिरहेको प्रतिक्रिया दिए । ‘मध्ये बर्खामा चुनाव गरेर किसानमाथि सरकारले अन्याय गरेको छ ’उनको भनाई थियो । ‘गाउँ गाउँमा बर्खाले बाटाघाटा छैनन, मतदानमा किसानहरु कम सहभागी भए चुवान जित्छौ भन्ने सत्तापक्षको पुर्वाग्रही निर्णय हो ।’

कार्यक्रममा नेकपा एमालेबाट मेयर पदका उमेदवार सोमनाथ सापकोटा र उपमेयर उमेदवार कमला शर्माले मुसिकोट नगरपालिकालाई नमुना नगरपालिका बनाउने उद्घोष गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप