शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

१सय ५० जनाले ज्यान गुमाए काबुल ट्रक बम विस्फोटमा

मङ्गलबार, २३ जेठ २०७४, १८ : ०७
मङ्गलबार, २३ जेठ २०७४
काबुल, जेठ २२ – काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले मङ्गलबार बताएका छन् । अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तरराष्ट्रिय शान्ति सम्मेलनमा घानी उक्त जानकारी दिएको छ । गत हप्ता भएको यो आक्रमण सन् २००१ पछि भएका हमलाहरुमा नै भीषण आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा परी १५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, ३०० भन्दा बढी घाइते भएका घानीले बताएको छ । घाइते हुनेहरुमा जलेका र अङ्गविच्छेद भएकाहरु समेत रहेका उनले सो सम्मेलनमा बताएको छ । यसअघि आक्रमणमा परी ९० जना मारिएको जानकारी दिइएको थियो । यस भीषण आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर सरकारी अधिकारीले तालिवान आवद्ध हक्कानी सञ्जालले यो आक्रमण गराएको दाबी गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा शनिबार पनि एक अन्त्येष्टि लक्षित बम विस्फोट परी कम्तीमा सातको मृत्यु भएको थियो । यस घटनामा परी अन्य दर्जनौं सर्वसाधारण घाइते भएका थिए । रासस÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप