शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र ‘रुन्द्रप्रिया’मा आर्यन र रेखाको बिहे

मङ्गलबार, २३ जेठ २०७४, १८ : १२
मङ्गलबार, २३ जेठ २०७४

काठमाडौं, जेठ २३ – एक समय पानी बाराबारको स्थितिमा रहेका कलाकार अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलले बिबाह गरेका छन् । यी दुबैले रियल लाईफमा नभएर रिल लाइफका लागि मन्दिरका देउता साक्षी राख्दै विवाह गरेका हुन् । करिब ७ बर्षसम्म एकसाथ चलचित्र अभिनय त परै जाहोस्, बोलचाल समेत नगरेका आर्यन र रेखाले चलचित्र ‘रुन्द्रप्रिया’का लागि विवाह गरेका हुन् । लमजुङको बन्दिपुरमा छायाँकन भइरहेको चलचित्रको बिबाह दृश्य त्यहिको उक मन्दिरमा गरिएको छ । आर्यन र रेखाले एक अर्काेलाई दुबोको माला लगाउँदै बिबाह दृश्य दिएका थिए ।

‘रुद्रप्रिया’ रेखा थापाकै निर्माण रहेको चलचित्र हो । रेखा र आर्यनले यस अगाडि ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’सँगै अभिनय गरेका थिए । ‘कसले चोर्यो मेरो मन’ पछि एक अर्काेसँग चलचित्र त के एकै कार्यक्रममा समेत यी दुबै देखिदैन थिए ।

११ जेठ देखि बन्दीपुरबाटै छायाँकन सुरु भएको चलचित्र पोखरा, जिरी लगायतका स्थानहरुमा पनि छायाँकन हुनेछ । अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीतमा गीत राखिएको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

सुदीप भूपाल सिंहले निर्देशन गरिरहेको ‘रुद्र प्रिया’मा रमेश पौडेलले पनि रेखासँग निर्माणमा सहकार्य गरेका छन् । आगामी कार्तिक २ गते लक्ष्मीपुजाको दिन रिलिज गर्ने योजना बनाइएको रुद्रप्रिया नारीप्रधान चलचित्र भएको बताइएको छ । चलचित्रले सामाजीक बिषयका साथै प्रेमकथा समेत उठाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप