शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिरियामा भएको हवाई आक्रमणमा तीस मारिए

मङ्गलबार, २३ जेठ २०७४, १८ : २२
मङ्गलबार, २३ जेठ २०७४
दमासकस, जेठ २३ – सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० भन्दा बढीको मृत्यु भएको छ । अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ । सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ । सिरियाको रक्वा गत जुन ३ का दिन पनि यस्तै प्रकारको हवाई आक्रमणमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । अमेरिकी आवद्ध सेनाले गरेको हवाई आक्रमणमा परी रक्वामा कैयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप