वुटवलमा रियल स्कूलअफ नेपाल
मङ्गलबार, २३ जेठ २०७४, १८ : ४९
काठमाडौं, जेठ २३–रियलले आयोजना गरेको ‘रियल स्कूलअफ नेपाल २०१७’ अन्तर्गत पहिलो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको बुटवलमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय पारा माउण्ट उच्च माध्यमिक इङ्गलिस बोर्डिङ्ग स्कूल घोषित भएको छ ।
विजयी विद्यालयका सहभागी विद्यार्थी अचर्ना अर्याल, प्रस्तिक थापा, प्रविन खरेल, बिसु गुरुङ्ग, प्रजुना अधिकारी र अंकित राजकोटी हुन् । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने छन् ।
सिनियर समुह र जुनियर समुहका क्रियाकलापको विजेताहरुमा सिनियर समुहवाटःएक्स टेम्पोर सुदिप भुसाल, लुम्बिनी बोर्डिङ्ग स्कूल, डान्समा प्रस्तिक थापा पारा माउण्ट उच्च मावि, फुटबलमा प्रविन खरेल, पारा माउण्ट रहेको जनाइएको छ ।
जुनियर समुहमा पेन्टिङमा सबिना शाहा एपेक्स स्कूल, ३ मिनेट टु फेममा रुपा रौटार दिप बोर्डिङ्ग र स्कोर द रियल गोलमा अंकित राजकोटि पारामाउण्ट रहेका छन् ।
यस सँगै प्रतियोगिताको पहिलो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा अन्त्य भएको छ । विगत दुई वर्षदेखि शुरुवात गरिएको २५ हजार बराबरको छात्रवृत्तिलाई यसपालि पनि निरन्तरता दिंदै कम्पनीले प्रवेश बस्नेत (छात्र) र प्रिति नेपाली (छात्रा) लाई प्रदान गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण