काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास : नेता पौडेल
मङ्गलबार, २३ जेठ २०७४, १९ : ०६
काठमाडौँ, जेठ २३ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उनले आफ्नो पार्टी २००७ सालको परिवर्तनको सूत्रपात गर्ने पार्टी भएको र अहिले त्यसलाई पूर्णता दिने क्रम चलेको सन्दर्भमा नयाँ सरकारले आर्थिक विकासलाई तीव्रता दिइने बताए ।
‘राष्ट्रलाई एउटा व्यवस्था दिने र मुलुकको समृद्धि गर्ने अहिलेको आवश्यकता हो, काँग्रेस स्पष्ट सोचका साथ मुलुकको विकासलाई अगाडि बढाउन चाहन्छ, विपी कोइराला र गणेशमान सिंहले कोरेको बाटोलाई पछ्याउँदै अब धेरै प्रयोगतिर नलागी प्रजातन्त्रको लक्ष्यसहित निमुखलाई न्याय र ‘विपन्नलाई आय दिनु हाम्रो लक्ष्य हो’, नेता पौडेलले भने, न्याय खोज्न जाँदा कुन पार्टीको आएको हो भन्ने आधारमा न्याय दिने कुप्रथा पनि देखिएको छ, वास्तवमा निमुखालाई न्याय दिनुपर्छ, विपन्नको गुणात्मक परिवर्तन ल्याउन सकिनु नै विकास हो, त्यो यात्रामा हाम्रो पार्टी अगाडि बढ्न चाहन्छ ।’
उनले सबैलाई निर्वाचनमा ल्याएर राष्ट्रिय एकता गरी कसैलाई वञ्चित नगराउन नयाँ सरकारले पहल गर्ने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण