संसदमै काँग्रेस र एमालेप्रति गच्छदारको चित्त दुखाई
मङ्गलबार, २३ जेठ २०७४, १९ : ३४
काठमाडौ, जेठ २३– नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले संसदमा काँग्रेस र एमालेप्रति चित्त दुखाई गरेका छन् ।
आफूले १६ बुँदे सम्झौता गराउनमा खेलेको भूमिको जस एमाले र काँग्रेसले नदिएको भन्दै उनले संसदमा दुःखमनाउ गरेका थिए । ‘आज मैले सोच्दै थिएँ कि ओलीजीले आफ्नो मन्तव्य राख्ने क्रममा १६ बुँदे सम्झौतामा मैले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुहुन्छ तर गर्नुभएन ।’– उनले भने ।
काँग्रेसको नेतृत्वमा सरकार रहेको बेला आफूले १६ बुँदे सम्झौता गराएर सविधान निर्माण गराएको तर पछि कुनै खोजखबर नगरेको भन्दै महेश आचार्य र कृष्ण सिटौलाको नामै लिएर उनले गुनासो गरेका थिए ।
विजयकुमार गच्छदार त्यतिबेला पनि सरकारमा जाने तयारीमा थिए, तर काँग्रेसले एकपटक पनि उनलाई सोधखोज गरेन । उनी सुशील कोइरालालाई महाराजगञ्ज निवासमा पटक पटक भेट्न पनि गएका थिए तर कहिल्यै पनि सरकारलाई सहयोग गर्न भनेन । तर मंगलबार संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा समर्थन जनाउँदै उनले रिस पोखे ।
उनले मधेशी दललाई पनि बाँकी राखेनन् । मधेशी मोर्चाका नेताहरुले सविधान नबने के हुन्छ भनि आफूलाई जवाफ दिएको कुरा पनि संसदमा राखेका थिए ।
उनले भने, मैले सविधान निर्माणका लागि मधेशी मोर्चाका नेताहरुसँग पनि कुरा गरेको हुँ तर उहाँहरुले ‘सविधान नही बनेगा तो क्या होगा’ भन्नुभएको थियो, यसैलाई भन्छ ‘थान जाइ से जाइ लेकिन गज नइ जाइ’ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण