शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवालाई आयो एमालेको बधाई

मङ्गलबार, २३ जेठ २०७४, २० : ०६
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौं, जेठ २३– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिएको छ । एमालेले देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री देउवाको राम्रो काममा सधैं साथ रहने पनि स्पष्ट पारे । उनले नराम्रो काम गरे देउवाविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए । काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले नेताहरुले तीन वटै तहको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न पनि नव निर्वाचित प्रधानमन्त्री देउवालाई शुभकामना दिए । एमालेले सरकार परिवर्तनका कारण स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित हुने भन्दै चिन्ता व्यक्त गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप