शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले मोटरसाइकल लात्ती हानेर लडाइदिएपछि...

मङ्गलबार, २३ जेठ २०७४, २० : १७
मङ्गलबार, २३ जेठ २०७४
इटहरी, जेठ २३– इटहरीको हासपोसामा प्रहरीको कुटाईबाट दुई जना सर्वसाधरण घाइते भएका छन । सवारी चेकजाँचका क्रममा हासपोसा चौकीका असई टायम सिवाकोटीको कुटाईबाट बिराटनगरका माधव घिमिरे र धरानका प्रमिलास देवान घाइते भएका हुन् । इटहरीबाट को ७ प ३६७३ नम्बरको मोटरसाइलमा धरान जादै गरेका प्रमिलास देवानलाई सवारी नरोकेको भन्दै असई सिवाकोटीले लात्तीले हानेपछि देवान सडकमा मोटरसाइकलसहित बजारिएका थिए । देवानले चलाएको मोटरसाइकलले धरानबाट इटहरी आउदै गरेको को १८ प ८१४३ मोटरसाइकलमा पनि ठक्कर दिएपछि माधव घिमिरेसमेत लडेका थिए । देवानको दाइने खुट्टामा चोट लागेको छ भने शिवाकोटीको हातमा गहिरो चोट लागेको छ । प्रहरीले सवारीलाई लात्तीले हानेर लडाएपछि घाइते भएका घिमिरेलाई प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी नियन्त्रणमा राखिएको छ । सवारी रोक्दा रोक्दै असईले केही नबोली अपशब्द प्रयोग गरि लात्तीले हानेको घाइते प्रमिलास देवानले बताए । प्रहरीको यस्तो व्यवहारको बिरोधमा हासपोसाका स्थानीयवासीले हासपोसा चौकी घेराउ समेत गरेका थिए । घाइते शिवाकोटीको हासपोसास्थित मेडिकलमा उपचार गराएका थिए । शिवाकोटी ट्राफिक प्रहरीका असई हुन । आफुले लात्तीले हानेर नलडाएको उनको दाबी छ । घटनाको बिषयमा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीका प्रमुखले भने घटनाबारे जानकारी दिन अस्वीकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप