शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

मङ्गलबार, २३ जेठ २०७४, २१ : ३०
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौं, जेठ २३– भारतको मुम्बइस्थित अँधेरीमा भारतसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल खेलमा नेपाल २–० ले पराजित भएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटसम्म बराबरीमा रोकेको नेपालका लागि बाँकी ३० मिनेट फिका सावित भयो । ५९ औं मिनेटमा भारतका सन्देश झिँगनले गोल गरी खाता खोले लगत्तै नेपाली टोलीका क्याप्टेन बिराज महर्जनले खेलको ६७ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपाललाई झनै बढी दबाब देखियो । खेलको ७७ औं मिनेटमा भारतका लागि जेजेले अर्को गोल थपेपछि भारतले २–० ले अग्रता लियो । खेलको ८६ औं मिनेटमा जेजेले हानेको प्रहार नेपाली खेलाडीका किपर कर्ण लिम्बुले बचाएका थिए । विश्व बरियतामा एक सय औं स्थानमा रहेको बलियो प्रतिष्पर्धी भारतसँग १ सय ६९ औं स्थानमा नेपालको खेल निकै सुधारात्मक देखिएको थियो । एशिया कप छनोटको तयारीमा रहेको भारतले लेबनानसँगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालसँग खेलेको हो । नेपालले यसअघि पछिल्लो चार खेलमा नेपालले दुई बराबरी र दुई खेलमा पराजय ब्यहोरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप