यस्ता छन् गरिबी निवारण कोषको महत्वांकाक्षी योजना
मङ्गलबार, २३ जेठ २०७४, २१ : ३०
काठमाडौं, जेठ २३ – गरिबी निवारण कोषले आयका स्रोत विविधीकरण र वृद्धि गर्न बहुपक्षीय, द्विपक्षीय तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुबाट समेत योगदान जुटाएर बहुपक्षीय कोषका रुपमा विकास गर्ने जनाएको छ ।
कोषले आगामी दिनमा उद्यमशीलता तथा व्यवसाय विकास, रोजगारी सिर्जना, सीप तथा पकेट क्षेत्र विकास, उत्पादित वस्तुहरुको बजारीकरण, अर्धसहरी क्षेत्रमा गरिबी न्यूनीकरणलगायत क्षेत्रलाई प्राथमिकता दिइने कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो अवसरमा कोषको उपाध्यक्ष डा यमबहादुर थापाले आगामी दिनमा देशका सबै स्थानीय सरकारसँग मिलेर गरिबी निवारणका प्रयत्नलाई थप प्रभावकारी बनाउँदै कोषलाई स्वायत्त र स्वशासित संस्थाका रुपमा विकास गर्न चाहेको प्रष्ट पारे ।
उनले आगामी कार्यक्रम सञ्चालन गर्न हालको ढाँचामा परिमार्जनसहित निरन्तरता दिने वा मुनाफा वितरण नगर्ने ढाँचामा सञ्चालन गर्ने वा गरिबी निवारण बैंक स्थापना गर्नेलगायत विकल्पहरुमा अध्ययन गरिरहेको बताए ।
कार्यकारी निर्देशक नहकूल केसीले साठी जिल्लामा ३२ हजार सामुदायिक संस्थामार्फत आठ लाखभन्दा बढी गरिब घरधुरीका ४० लाख जनसङ्ख्यालाई कोषका कार्यक्रमले समेटेको जानकारी गराइयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण