मनसराको आँखा उपचार गर्न काठमाडौं ल्याइयो
मङ्गलबार, २३ जेठ २०७४, २१ : ४९
काठमाडौं, जेठ २३ – दुई महिनाअघि घरनजिकै नहरमा खसेर आँखामा चोट लागेकी मनसरा लुहारलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । मनसराको दुई महिनअघि आँखामा चोट लागेको थियो ।
आर्थिक संकटकै कारण उपचार गर्न नसक्दा आँखामा संक्रमण भएपछि आँखा बाहिर निस्किएको थियो ।
कालीकोटको रोस्कोट नगरपालिका–७ की चार वर्षीया बालिका मनसराको स्थानीयको पहलमा काठमाडौं ल्याएर कान्ति बाल अस्पतालमा उपचार शुरु गरिएको छ ।
स्थानीय स्तरमा उपचार असम्भव भएपछि थप उपचार गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भरत बम तथा सामाजिक अगुवा, युवा पंक्तिको सहयोगमा पैदल र गाडीको दुई दिनको लामो यात्रापश्चात बाबु रने लुहार र अगुवा कालीबहादुर महतराले छोरीलाई मंगलबार अपरान्ह काठमाडौं ल्याइपु¥याएका हुन् ।
महाराजगन्जस्थित बीपी आँखा अस्पतालमा आँखाको परिक्षणलगत्तै उपचारका लागि मनसरालाई कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ ।
आर्थिक अभावका कारण मनसराको उपचारका लागि मनसरा संरक्षण कोष स्थापना गरिएको छ । मनसराको उपचारका लागि सहयोग गर्न उनका बाबुले अपिल गरेका छन् ।
मनसराको आँखाको भित्री भागसहित ठूलो आकारमा ट्युमर बाहिर निक्लिएको छ । बिरामीको उपचार निकै जोखिम र लाखौं रुपैयाँ खर्च लाग्ने किसिमको रहेको चिकित्सकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण