युवतीको विषयमा विवाद चर्किएपछि स्थिति तनावग्रस्त, स्थानीयले घेरे प्रहरी चौकी
मङ्गलबार, २३ जेठ २०७४, २१ : ५९
रुपन्देही , जेठ २३– युवाहरुको दुई समुहबीच कुटाकुटको बिषयलाई लिएर मंगलबार स्थानीयले देवदह प्रहरी चौकी घेराउ गरेका छन् । युवतीको बिषयलाई लिएर दुई पक्षका युवाहरुबीच झगडा भएपछि स्थिति तनावपुर्ण बनेको थियो ।
नवलपरासीको सुनवल–८ वैरागनाथका स्थानियले निर्दोश ब्यक्तिलाई पक्राउ गरिएको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १, ६ नम्बर चोकका २२ वर्षीय होमनाथ ढुङ्गानालाई गत जेठ १५ वैरागनाथका युवाहरुले रड प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले वैरागनाथका सन्ते महतो र सागर थापालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका महतो र थापा निर्दोश भएको भन्दै पिडित पक्षले छाडिदिन अनुरोध गरेता पनि प्रहरीले अभियुक्तहरु पक्राउ नपरेसम्म उनिहरुलाई नछाड्ने बताएको थियो ।
प्रहरी रातिको समयमा गएर गाउँले माथि हातपात गर्न खोजेपछि प्रहरीमाथि स्थानीयले आक्रमण गरेको वैरागनाथका स्थानिय अनिल लामाले बताए । प्रहरीले रातको समयमा गएर महिला तथा बृद्ध बृद्धालाई पेस्तोल देखाएर धम्काउँदै हातपात गरेको स्थानीयको आरोप छ । प्रहरीले भने स्थानीयले आक्रमण गरेपछि तर्साउनका लागि पेस्तोल देखाएको बताएको छ ।
विवाद चर्किएपछि प्रहरी प्रशासन, स्थानीय राजनैतिक दलका नेता र पीडित पक्षको वार्तापछि पीडितको उपचार खर्च ब्यहोर्ने र फरार अभियुक्त प्रक्राउ गर्न स्थानीयले सहयोग गर्ने सहमति भएको देवदहका प्रहरी चौकीका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।
टंक सुनारबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण