शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सुरु

बुधबार, २४ जेठ २०७४, ०८ : ५४
बुधबार, २४ जेठ २०७४
भक्तपुर, २४ जेठ - विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब रु ५३ लाखको लागतमा विद्यालयको पुनर्निर्माण सुरु गरिएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिए । एईआइएनको ४५ लाख र स्थानीयवासीको आठ लाख सहयोगमा तीन महिनाभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य छ । भूकम्पका कारण विद्यालयको दुईवटै भवनमा क्षति पुगेपछि चारवटा असुरक्षित कोठामा कक्षा ७ सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम थापाले जानकारी दिए । भक्तपुरको पाटी भञ्ज्याङ, रानीकोट, काभ्रेको नैचाल, सोचे लगायतका क्षेत्रका बालबालिका अध्ययनरत यस विद्यालयको भवन पुनर्निर्माणपछि नर्सरी, जेकेजी र कक्षा ८ सम्म पढाउने गरी व्यवस्था गरिने भएको उनले बताए । हाल छजना शिक्षक दरबन्दी रहेको विद्यालयमा संस्थाले एक राहत शिक्षक राखेर कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाले विद्यालयका ७० विद्यार्थीलाई खाजा, शैक्षिक सामग्री, विद्यालय पोसाक, झोलालगायत सामग्री सहयोग पु¥याउँदै आएको र विद्यार्थीका अभिभावकलाई आत्मनिर्भर बनाउन सीपमूलक काममा सहभागी गराउन आधुनिक कृषिका लागि टनेल तथा सिलाइ÷कटाइ तालिम दिइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप