शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

क्रियापुत्री आवासीय भवन निर्माण

बुधबार, २४ जेठ २०७४, ०८ : ५९
बुधबार, २४ जेठ २०७४
पाल्पा, २४ जेठ - पाल्पाको रामपुरमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको छ । क्रियापुत्री आवासीय भवन निर्माणका लागि रामपुर नगरपालिकाबाट ५० हजार अनुदान र स्थानीय बासिन्दाको ९७ हजार गरी कुल एक लाख ४७ हजारको लागतमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको गुरुप्रसाद रेग्मीले जानकारी दिए । रामपुर नगरपालिका–५ को पुरानो बेझाडबजारस्थित पुजेरी पँधेरामा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको हो । यहाँ क्रियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको समितिका अध्यक्ष नगिलाल पौडेलले बताए । यस क्षेत्रमा क्रियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडामा बस्नेलाई काजक्रिया गर्न समस्या परेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप