शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मेरो आदेशपछि कतारबाट अलग्गिए मुश्लिम देशः ट्रम्पको दाबी

बुधबार, २४ जेठ २०७४, ०९ : २९
बुधबार, २४ जेठ २०७४

बीबीसी

जेठ २४ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आदेशपश्चात् आतंकवाद समर्थन गर्ने कतारलाई मुश्लिम देशले अलग्याएको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार उनको आदेश पछि नै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र माल्दिभ्सले कतारसँग आफ्नो कूटनीतिक सम्बन्ध समाप्त गरेका हुन् ।

ट्रम्पले आफ्नो पछिल्लो विदेश भ्रमणका क्रममा साउदी अरबलाई कतारले ‘अतिवादी विचारधारा’ को समर्थन गरिरहेको र त्यसका लागि रकम उपलब्ध गराइरहेको बारे जानकारी दिएको बताए ।

आफू फर्किएलगत्तै साउदी अरबको यात्राले असर देखाउन थालेको उनले बताएका छन् ।

साउदी अरबको यात्राबाट लगभग दुई हप्ता पछि सार्वजनिक भएको राष्ट्रपति ट्रम्पको यो टिप्प्णीलाई सबै विश्लेषकले निकै गम्भीरतापूर्वक लिइरहेको छन् र यसलाई निकै महत्वपूर्ण बताइरहेका छन् ।

साउदी अरबको राजधानी रियादमा दिएको आफ्नो भाषणमा ट्रम्पले इरानलाई मध्य–पूर्वमा अस्थिरको दोषी देखाएका थिए । साथै मुश्लिम देशसँग कट्टरपन्थ विरुद्ध खडा हुनका लागि आग्रह गरेका थिए ।

यस सम्बन्धि अमेरिकी राष्ट्रपतिले मंगलबार एक ट्वीट पनि गरे । यसमा उनले लेखेका थिए, ‘मैले सबै मुश्लिम देशको कट्टरपन्थी विचारधारालाई चुनौती दिन आग्रह गरेको थिएँ र अब यसको असर पनि देखिएको छ ।’

६ अरब देशसँग कतारको कूटनीतिक सम्बन्ध टुटेपटि दोहा (कतार) आवतजावत गर्ने यात्रीहरुले समस्याको सामना गर्नुपरेको छ ।

संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट, बहराइन, यमन र लिबियाले कतारका लागि आफ्नो हवाई क्षेत्रलाई बन्द गरेको छ ।

के कन्फर्म टिकटमा यात्रा गर्न सकिनेछ ?

कतार एयरवेजले संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन र इजिप्ट जाने सबै हवाई सेवालाई रद्द गरिदिएको छ ।

कम्पनीका अनुसारा पाँचदेखि ६ जुनका बिच यात्राको कन्फर्म टिकट गराएका सबै यात्रुलाई पूरा पैसा फिर्ता दिइनेछ ।

के कतारबाट भएर जाने उडानमा हुनेछ असर ?

कतार एयरवेजले कतार भएर उड्न सबै उडान सामान्य रुपमा चलिरहने बताएको छ ।

सिंगापुरबाट दोहा हुँदै लण्डन जाने कुनै पनि फ्लाइटमा यो विवादको असर हुनेछैन ।

अन्य एयरलाइन्समाथि केही प्रभाव ?

यदि तपाईं संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट कतार जान चाहनुहुन्छ भने अहिलेका लागि यो सम्भव छैन । कतार र यी देशबिच सबै उडान रद्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप