शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कनकाई नपामा माओवादी केन्द्रका उम्मेदवार

बुधबार, २४ जेठ २०७४, ०९ : १२
बुधबार, २४ जेठ २०७४
झापा, २४ जेठ - नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखसहित सबै वडाका लागि उम्मेदवारी घोषणा गरेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’को प्रमुख आतिथ्यमा पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ ‘विजय’ले मंगलबार नगरपालिकाका प्रमुख तथा उपप्रमुख र नौवटै वडाका उम्मेदवारको नाम घोषणा गरे । नगरपालिकाको प्रमुख पदमा गोपाल चुडाल तथा उपप्रमुखमा शान्ता अधिकारीको नाम सार्वजनिक गरिएको छ । वडाध्यक्षमा वडा नं १ मा हरिबहादुर राउत, २ नंमा गम्भीरबहादुर राई, ३ नंमा भक्ति पाठक, ४ नंमा गोविन्द चापागार्इं, ५ नंमा प्रेम ओली, ६ नंमा दीर्घबहादुर थापा, ७ नंमा चन्द्रमान कन्दङ्वा, ८ नंमा तुलसीराम कालीकोटे र ९ नं वडाध्यक्षमा अजित कायस्थको नाम सार्वजनिक गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप