शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एलपी ट्रकबाट ७० केजी चरेस बरामद

बुधबार, २४ जेठ २०७४, ०९ : १७
बुधबार, २४ जेठ २०७४
धादिङ, २४ जेठ - गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल.पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गरी उक्त परिणामको चरेस बरामद गरेको हो । उक्त ट्रकका चालक छिमेकी जिल्ला मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने ३२ वर्षीय कृष्णबहादुर राई र सोही स्थान बस्ने सहचालक १८ वर्षीय आयुष लामालाई पक्राउ गरिएको छ । पोका पारेर टेपले बाँधेर बेवारिस अवस्थामै ट्रकको पछाडि बोरामा राखेर त्रिपालले छोपेको अवस्थामा चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताए । प्रहरीले लागुऔषध चरेस, ओसारपसारमा प्रयोग गरेको ना ६ ख १३७ नंको ट्रक र ओसार पसारमा संलग्न कृष्णबहादुर राई र आयुष लामालाई आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गरी जिल्ला प्रहरीमार्फत थप अनुसन्धान कार्य भइरहेको छ । चालक कृष्णकुमार यसअघि नै लागूऔषध ओसारपसार गरेबापत दुई वर्ष कैद भोगी गत महिना मात्रै रिहाइ भएका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप