ऐतिहासिक पाटीपौवा सङ्कटमा
बुधबार, २४ जेठ २०७४, ०९ : ४२
म्याग्दी, २४ जेठ - ग्रामीण क्षेत्रमा सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा परेका हुन् ।
जिल्लाका विभिन्न ठाउँमा रहेका सयवटाभन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा सङ्कटमा परेको विगत ८ वर्षदेखि जिल्लाका धार्मिकस्थलमा जाने घोडेटो बाटो र बाटोमा पाटीपौवा निर्माण गर्दै आउनुभएका दरबाङका बमबहादुर शेरपुञ्जाले बताए ।
उनका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारका रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौँ पौवा लोप भइसकेका छन् ।
मोटरबाटो र होटलको विकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको भगवती मन्दिर संरक्षण समिति ताकमका बुद्धिप्रसाद सुवेदीले बताए । परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उनको गुनासो छ ।
‘ग्रामीण पहिचान झल्काउने पाटीपौवा अहिले उपभोग हुन नसकेपनि भविष्यमा यसको महत्व हुनसक्छ’ राहुघाट क्षेत्रको विभिन्न स्थानमा तीर्थयात्रीको सुविधाका लागि पाटीपौवा निर्माण गरिदिनुभएका शेरपुञ्जाले भने ।
पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटलहरू थिएनन् । पाटीपौवामा बास बस्ने चलन थियो । शेरपुञ्जा भन्छन्, “ठाँटीमा बास बस्ने चलन हराएपनि यस्ता सम्पदाको संरक्षण हुन जरुरी छ ।”
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण