दुई वर्षीय बालकको जन्मदिनको खर्चले बालबालिकालाई सहयोग
बुधबार, २४ जेठ २०७४, ०९ : ४६
पर्वत, २४ जेठ - पर्वत सदरमुकाम कुश्माबजारको एक परिवारले आफ्नो दुईवर्षे छोराको जन्मदिनमा हुने खर्च जोगाएर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई सहयोग प्रदान गरेका छन् ।
कुश्मा नगरपालिका–५ का दीपक आचार्य र दीपा आचार्यले छोरा ड्यानिल आचार्यको जन्मदिनको अवसर पारेर बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई ३० हजार बराबरको सहयोग उपलब्ध गराएका हुन् । खासगरी मजदुर परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयका ८५ जना बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।
पर्वत जेसिजले संयोजन गरेको उक्त कार्यक्रममा परिवारका तर्फबाट बोल्दै गोविन्द आचार्यले भड्किलो तरिकाले जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्दै खर्च गर्ने रकम जोगाएर सामुदायिक कार्यमा सहयोग गर्ने उद्देश्यले सहयोग प्रदान गरेको बताए । बालबालिकालाई झोला र अन्य शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक सोमप्रसाद आचार्यले विद्यार्थीलाई नियमित विद्यालय आउनका लागि सहयोग कार्यले प्रेरित गरेको भन्दै प्रशंसा गरे ।
पर्वत जेसिजका अध्यक्ष प्रेम गुरुङ ‘अशोक’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एवम् बाल सङ्गठन पर्वतका अध्यक्ष निर्मल विश्वकर्माले शिक्षा क्षेत्रमा पर्वत जेसिजले संयोजन गरेर उपलब्ध गराएको सहयोग सराहनीय भएको बताउँदै सहयोगदाताको खोजी गरी विपन्न बालबालिकालाई सहयोगको निरन्तरता दिन आग्रह गरेका थिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण