लण्डन हमलाको संदिग्धकी आमाले भनिन्, ‘छोरालाई इन्टरनेट र साथीले बिगारे’
एजेन्सी
जेठ २४ – पछिल्लो पटक लण्डन हमलाका केही संदिग्धको पहिचान भएको छ । संदिग्धमा एक इटालियन जिहादी पनि समावेश थिए – युसुफ जाग्बा । युसुफकी आमा वलेरियाले घटनामा छोराको संलग्नता भएको थाहा पाएपछि छोरा नराम्रो संगतमा परेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो छोरालाई इन्टरनेट र उनका साथीहरुले बिगारेका हुन् । यो सबै नराम्रो संगतको प्रतिफल हो ।’
२२ वर्षीय जाग्बा जून ३ तारिखमा भएको आतंककारी हमलाका दोषी हुन् । उनकी आमा आफ्ना सन्तानले केही गलत गर्छन् भने त्यसले आमा–बुवालाई सधैं दुःख दिइरहने वलेरिया बताउँछिन् । उनी भन्छिन्, ‘हामी सधैं उनको साथीमाथि नजर राख्थ्यौं तर इन्टरनेटको सहायताले उनी नराम्रो संगतमा परे र यो समस्या आइलाग्यो । मलाई महसुस हुन थालेको थियो कि उनी राम्रो मानिसको संगतमा छैनन् ।’
स्मरण रहोस्, लण्डनमा शनिबार राती भएको हमलामा ७ जना मारिएका छन् जबकी थुप्रै घाइते भएका छन् । हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण