शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हरिबहादुर पुस्तक यात्रा धरानमा

बुधबार, २४ जेठ २०७४, १० : ४९
बुधबार, २४ जेठ २०७४

सिजन श्रेष्ठ सुनसरी , जेठ २४–बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित हरिबहादुर पुस्तकको मंगलबार धरानमा प्रर्दशन गरिएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको हरिबहादुर पुस्तकलाई प्रचार प्रसारको लागि जेठ १३ गतेबाट सुरु भएको हरिबहादुर पुस्तक यात्राको क्रममा धरानमा हरिबहादुर पुस्तकको प्रर्दशन गरिएको हो । तीन हप्ता अघि बिमोचन भएको पुस्तकको बारेमा जानकारी दिने र पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सुरु गरिएको हरिबहादुर किताब यात्रा पोखराबाट सुरु गरिएको हो । बुधबार विराटनगरमा प्रर्दशन गरिने आयोजकले जनाएको छ । पुस्तकका लेखक तथा हास्य कलाकार हरिवंश आचार्यको उपस्थीति भएकाले पुस्तक यात्रा कार्यक्रममा पाठक तथा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थीति रहेको थियो । पोखराबाट सुरु गरिएको पुस्तक यात्रामा लेखक हरिवंश आचार्य, फाइन प्रिन्टका सञ्चालक निरज भारी, चर्चित रेडियो कार्यक्रम प्रास्तोता सविना कार्कीको उपस्थीतिले दर्शकको मन राम्रै खिचेको थियो । धरानको भानुचोकमा भएको पुस्तक यात्रा कार्यक्रममा हरिवंशले आफ्नो हास्यकलाको समेत प्रस्तुत गरेको थिए । हरिवंश आचार्यÞद्वारा लिखित पुस्तक बिमोचन भएको तीन हप्ताको अवधीमा १५ हजार प्रति विक्री भईसकेको फाइन प्रिन्टका सञ्चालक निरज भारीले बताए । भारीले हरिबहादुर पुस्तकलाई धेरैले मनपराएको समेत बताए । हरिबहादुर पुस्तक यात्रा २५ गते सिन्धुलीमा पुगेर समापन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप