शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्रेन्डिङ मा धुर्मुस सुन्तलीको ‘नमुना नेपाल’

बुधबार, २४ जेठ २०७४, १० : ५६
बुधबार, २४ जेठ २०७४

काठमाडाैं, जेठ २४- धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको नमुना नेपालको एनिमेटेड भिडियो युट्युवको पहिलो ट्रेडिङ्मा आएको छ । सार्बजनिक गरेको दुई दिनमै डेड लाख दर्शक पाएको यस भिडियोले सबैको साथ पाएको छ । सामाजिक सञ्जालमा सेयर पनि उत्तिकै भईरहेको छ ।

१० मिनेटको एनिमेटेड भिडियोमा फाउण्डेशनले निर्माण गर्ने नमुना नेपालको चित्रण गरिएको छ । भिडियोमा धार्मिक, सांस्कृतीक, मनोरञ्जनात्कम खेल मैदान, रेल सेवा, सुन्दर वस्ती, पोखरी तथा हिमाल, पहाड र तराईको झल्को दिने प्रकृतिक सुन्दरतालाई झल्काईएको छ । यस भिडियो अनुसारनै नमुना नेपाल बन्ने र यसले नेपाललाई विश्वमा चिनाउन सहयोग पुग्ने फाउण्डेशनको भनाई छ । अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमुना नेपाल भन्ने नाराका साथ निर्माण अघि बढाईने यस परियोजनाका लागि ५०० देखी एक हजार रोपनी गज्जा आवश्यक पर्ने र त्यसको ब्यवस्था सरकारले गरिदिने भनेपनि अहिलेसम्म जग्गा जमिनको टुङ्गो भने लागिसकेको छैन् । फाउण्डेशनले सरकारले जग्गा नदिएपनि आफुहरु जसरी भएपनि परियोजना निर्माण गरिछाड्ने अडान प्रस्तुत गरेको छ । त्यस्तै नमुना नेपाल निर्माणका लागि ५ अर्व अनुमानीत लागत लाग्ने र सम्पुर्ण रकम सहयोगी मनहरुबाट उठाउनु पर्ने हुदाँ सबैलाई खुलेर सहयोग गर्नका लागि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले आग्रह समेत गरेका छन् । फाउण्डेशनले परियोजना निर्माणका लागि सरकारलाई समेत सहयोग गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप