शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रीको टुंगो लगाउन बूढानीलकण्ठमा काँग्रेस बैठक

बुधबार, २४ जेठ २०७४, १० : ५७
बुधबार, २४ जेठ २०७४
काठमाडौ, जेठ २४ – नेपाली कांग्रेसका तर्फबाट पहिलो चरणमा मन्त्रीमण्डलमा समाबेश हुने नेताहरुको टुङगो लगाउन पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसिरहेको बैठकमा कुन कुन नेतालाई सहभागि गराउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । कांग्रेस नेता मिन बिश्वकर्माका अनुसार पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गोपालमान श्रेष्ठ, शसांक कोइराला लगायत सहभागि छन् । कांग्रेस उच्च श्रोतका प्रधानमन्त्री देउवाले पहिलो चरणमा सरकारमा कांग्रेसबाट २ जनामात्रै मन्त्रि सहभागि गराउने छन् । यद्यपी नेता ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य र गोपालमान श्रेष्ठको नाम चर्चामा आएपनि उनिहरुलाई कुनकुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निर्णय पदाधिकारी बैठकले नै निर्णय गर्नेछ । श्रोतका अनुसार आचार्यले अर्थ र कार्कीले भौतिक योजना मन्त्रालय पाउने सम्भावना रहेको बताइएको छ । तर, कार्कीले भौतिक योजना भन्दा अर्थ चाहेको आफुनिकटकालाई बताउने गरेका छन् । उता गोपालमानलाई भने उपप्रधानसहित कुनै एक मन्त्रालय दिने देउवाको तयारी रहेको छ । आफ्ना र सहयात्री अन्य दलबाट नाम तय भैसकेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपतिबाट सपथग्रहण गर्ने र अन्य मन्त्रिलाई पनि सफथ खुवाउने तयारी गरेका छन् । माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबाट नाम पठाउन देउवाले ति दलका नेताहरुलाई जनाउ दिइसकेका छन् । पहिलो चरणमा ५ देखि सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा रहेका देउवालाई पार्टीभित्रकै समिकरण मिलाउन समस्या परेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप