शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारतीय दूतावासद्वारा देउवालाई बधाई

बुधबार, २४ जेठ २०७४, ११ : १२
बुधबार, २४ जेठ २०७४

काठमाडौँ, जेठ २४ – नेपालस्थित भारतीय दूतावसले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको छ ।

दूतावासको तर्फबाट विनय कुमार फूलको गुच्छासहित देउवा निवास पुगेका थिए ।

भेटमा कुमारले बधाई दिनुका साथै देउवाको कार्यकालमा नेपाल–भारत सम्बन्धले अझ गहिरो र फराकिलो हुने विश्वास व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजै टेलिफोन गरेर देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गरेका थिए ।

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरे ।

भारतीय प्रधानमन्त्रीले देउवालाई भारत भ्रमणको निम्तोसमेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप