शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उकालो लाग्यो सुनको भाउ :  तोलाको ५५ हजार ६ सय

बुधबार, २४ जेठ २०७४, ११ : १८
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लाग्दै गएको छ । अघिल्लो समता केही कम रहेको सुनको भाउ यो साता भने क्रमश उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार सुको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५५ हजार ३ सय रुपैयाँ रहेको सुन आज तोलामा ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा एक सय रुपैयाँ वढेको थियो । महासंघका अन्तर्राष्ट्रिय वजारमा सुनको भाउ वढ्दै गएकाले नेपाली वजारमा समेत प्रभाव परेको छ । आज चाँदीको भाउ भने स्थिर । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप