नेपालको नीतिनिर्माणमा हावर्ड विश्वविद्यालयको सहयोग हुने
वासिङ्गटन डिसी, २४ जेठ । नेपालको नीतिनिर्माणमा तथ्याङ्क र प्रमाणीकरण दस्तावेजको अधिकतम उपयोग गर्ने विषयमा कार्यक्रम सञ्चालन गर्न विश्व प्रतिष्ठित हावर्ड विश्वविद्यालयले साझेदारी गर्ने भएको छ ।
दक्षिण एसियामा प्रमाणसहितको तथ्याङ्कमा आधारित नीतिनिर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विश्वविद्यालयले नेपालमा पनि दिगो विकासका लागि अनुसन्धानात्मक तथ्याङ्कलाई वढी उपयोगी बनाउन पहल गर्ने भएको अमेरिकामा सोमबार र मङ्गलबार आयोजित कार्यक्रममा सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले जानकारी दिए ।
अब विश्वविद्यालयले सरकारी निकाय समेतको समन्वयमा दिगो विकासका लागि तथ्याङ्कमा आधारित दस्तावेजलाई प्रयोग गरेर यसलाई वढी उपयोगी बनाउन पहल गर्नेछ ।
“यसअगाडि भारत, पाकिस्तान र बङ्गलादेशमा यस्तो कार्यक्रम सञ्चालनसमेत गरिसकिएकाले उनीहरुको अनुभव आदानप्रदान र हामीहरुको अवस्थाबारे हामीले जानकारी गरायौँ”, शर्माले कुरा गर्दै भने ।
नेपालको चुनौतीका बारेमा आफ्नो धारणा राख्दै पूर्वउपाध्यक्ष शर्माले नेपालको राजनीतिक अस्थिरताका कारण सरकार र कर्मचारीको परिवर्तन छिटो हुने भएकाले यसलाई व्यवस्थापन गर्न तथ्याङ्कमा आधारित कार्यक्रमले दिगो विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा शर्माका अतिरिक्त अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र स्टाफ कलेजका त्रिलोचन ढकाल र पुकार मल्लले सहभागिता जनाएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण