जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य
लक्ष्मीप्रसाद सापकोटा
पर्वत, २४ जेठ । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् ।
रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका छन्। आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनीसँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए ।
खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताए । खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।
उपचारका लागि उहाँलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्किएका थिए । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उनले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गरेका थिए । काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उनले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाए ।
उनकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले उनी हिँड्डुल गर्छन् । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उनको छैन । उनले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधैँ पीडित नै बनिरहेको दुखेसो गरे ।
“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उनले गहभरि आँसु पार्दै भने, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।”
खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गरे । आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिग्रिदैँ गएको छ । उनले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण