शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसका दुई मन्त्रीको नाम टुंगो लाग्यो, राप्रपा यसकारण अनिर्णीत

बुधबार, २४ जेठ २०७४, ११ : ५१
बुधबार, २४ जेठ २०७४

काठमाडौं, जेठ २४– नेपाली कांग्रेसले पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुमध्ये २ जनाको नाम टुंगो लगाएको छ । कांग्रेस स्रोतका अनुसार नेताहरु गोपालमान श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्कीको नाम टुंगो लगाइएको हो । श्रेष्ठलाई उपप्रधानमन्त्री दिइने समझदारी भएको बताइएको छ भने मन्त्रालयबारे भने अन्तिम टुंगो लाग्न बाँकी रहेको छ । नेताहरुका अनुसार मन्त्री र मन्त्रालयको टुंगो लगाउन अहिले देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको छ । यसैबीच राप्रपा नेपाल सरकारमा जाने तयारीमा रहेको भएपनि उपप्रधानमन्त्री पाउने नपाउने टुंगो नलाग्दा अलमलमा परेको छ । राप्रपा उपप्रधानमन्त्री पाए अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने तयारीमा छ । नेता दिलनाथ गिरीले पार्टीले सरकारमा सम्मानजनक सहभागिता खोजेको भन्दै त्यसबारे देउवाबाट कुनै जवाफ नआएको बताए । यद्यपी छलफलहरुमा कांग्रेस र माओवादी केन्द्रसमेत उपप्रधानमन्त्री दिन सकारात्मक भएको भन्दै गिरीले पार्टी अध्यक्ष थापाकै नेतृत्वमा सरकारमा जाने बताए । देउवाले आजै कम्तीमा एक मन्त्री सरकारमा पठाउन आग्रह गरेको बताइएको छ । तर उपप्रधानमन्त्री नपाएसम्म नजाने राप्रपाले जवाफ दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप