शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राप्रपाबाट टिकट पाएका कालीदासको घरदैलो

बुधबार, २४ जेठ २०७४, ११ : ५५
बुधबार, २४ जेठ २०७४

मोरङ, जेठ २३ – मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा राप्रपाको तर्फबाट प्रमुखको पदमा उम्मेदवार बनेका कालीदास केसी (कार्की)ले आफ्नो पक्षमा प्रचार प्रसार तीब्र बनाएका छन् । स्थानीय तहको दोस्रो चरणको मतदान मिति नजिकिँदै गर्दै प्रमुखका उम्मेदवार केसीले बिभिन्न आकर्षक कार्यक्रम सहित घरदैलो कार्यक्रमलाई तीब्र बनाएका हुन् । उनको पक्षमा जनलहर बढ्दै गएको राप्रपा प्रचार प्रसार समिति मोरङले जनाएको छ । राप्रपा मोरङका वरिष्ठ नेता समेत रहेका कार्कीले आफ्नो चुनावी प्रचार प्रसारका क्रममा कुलो निर्माण, सिचाइ आयोजनाहरूलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले खानेपानीका धाराहरू निर्माणलाई पनि महत्वका साथ अगाडि बढाउने बताएका छन् । कानेपोखरीमा विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका प्रमुखका उम्मेदवार केसीले कृषि, स्वास्थ्य, शिक्षा र स्वरोजगारीलाई पनि उम्मेदवार केसीले पहिलो स्थानमा राखेर योजनाहरू बनाउने बताए । उनले भने, ‘मलाई मतदाताहरूले विश्वास गरेर विजयी बनाउनु भयो भने मैले युवाहरूका लागि स्वरोजगारीको योजना बनाउने छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप