शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

बुधबार, २४ जेठ २०७४, ११ : ५७
बुधबार, २४ जेठ २०७४

चितवन, २४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन् ।

चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो ।

ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये ट्रक चालक पर्साका २८ वर्षीय विनोदकुमार शाहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको द्वार नजिकै ट्रक दुर्घटना भएको प्रहरीको भनाइ छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप